२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुवाँथाईको बर्ष खेलाडी सम्मान



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ । 

पलिस्थालाई २०१९ को बर्ष खेलाडी सम्मान बाट पुरस्कृत गरिएको हो । सम्मानित कक्षपतीलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्र प्रदान गनुर्भभयो ।

कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिख सम्म मित्र राष्ट्र थाईल्याण्डम सम्पन्न १६ औं बिश्व मुवाँथाई च्याम्पियनसिप – २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । संघले पलिस्थालाई २०१९ को बर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो । तर कोभिड १९ का कारण सम्पूर्ण खेल गतिविधीहरु बन्द भएका कारण अहिले आएर उक्त सम्मान गरिएको हो ।

यस्तै संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक (ट्रायकसुट) प्रदान गर्यो । खेलाडीहरुलाई उक्त पोशाक प्रमुख अतिथी राखेप उपाध्यक्षले वितरण गर्नुभयो । सम्मानित हुने खेलाडीहरुमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दील ठोकर, अभिषेक राई, संदीप तामाङ्ग, सन्तोष खत्री, शर्मिला मोक्तान, संजय राई, गुनसाँग तामाङ्ग रहनुभएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राखेप उपाध्यक्ष कोईरालाले खेलाडीहरुलाई सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान गर्दै यस्तका कार्यक्रमले खेलाडीको हौसला अभिबृद्धि गर्न मद्धत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । यस्तै उपाध्यक्ष कोईरालाले राखेपमा दर्ता रहेर पनि क्रियासिल नरहने संघहरुको अस्तित्व नरहने र भद्रगोल रुपमा चलेको नेपाली खेलकुदलाई ब्यवस्थित रुपमा अगाडी बढाउने प्रयास सुरु भईसकेको बताउनुभयो । कोईरालाले अव राखेपमा संघ दर्ता गर्ने मात्र नभई राखेपले दायित्व पनि लिनु पर्ने र राष्ट्रिय संघले पनि परिषदको बारेमा जानकारीका साथै परिषद्लाई सहयोग गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा मिस नेपाल ईन्टरनेशनल २०१९, मिरा कक्षपती, ४ पटक सम्म गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल खेलाडी दिनेश पार्कर, समाजसेवी प्रकाश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।




भर्खरै