काठमाडौं । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान गरिएको छ । त्यसकारण भोलि राष्ट्रियसभा सदस्यहरुको कोरोना परिक्षण गरिने भएको छ । राष्ट्रियसभा सदस्यहरुको निःशुल्क परीक्षण गरिने भएको हो ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबै सदस्यहरुलाई अपील गरेका छन् । सभाभित्र नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रवेश दिइने पनि उनले जानकारी गराए ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइए र आफुहरुको आग्रहमा स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सो काम गर्न लागेको हो ।












