काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्केका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ।












