२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन भंग भएको छैन, ओली सरकार भंग भएको हो :पुष्पकमल दाहाल (भिडियो सहित )



अ+ अ-

काठमाडौ ।  नेकपा नेपाल–दाहाल समूहका नेता पुष्पकमल दाहालले केपी ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाबेशीताको बिरोधी भएको आरोप लगाउनु भएको छ ।

भृकुटी मण्डपमा आयोजित बिरोध सभामा अध्यक्ष दाहालले ओली निरंकुश तानाशाह भएको आरोप लगाउँदै ओलीले देशलाई भड्खालोमा हाल्न लागेको बताउनु भयो । 

सभामा अध्यक्ष दाहालले संविधानले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको स्पष्ट पार्दै सदन भित्रबाट प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै ओलीले संसद विघटन गरेको आरोप लगाउनु भयो । 

संविधानको मर्म र भावना विपरीत ओलीले निर्णय  गरेको आरोप लगाउँदै उहाँले भन्नुभयो, ओलीले कलंकको टिका लगाउनु भयो, संसद भंग भएको छैन ओली सरकार भंग भएको हो ।