२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली प्रवृति अन्त्यको लागि आन्दोलन : माधव नेपाल



अ+ अ-

काठमाडौ । नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी अ‍ेली गणतन्त्र बिरोधी भएको आरोप लगाउनु भएको छ । २०६२/६३को जन आन्दोलनलाई बयलगाडा चडेर अमेरिका पुगिदैन भन्ने ओलीबाट गणतन्त्र जोगाउनका लागि सडकमा आएको नेता नेपालले बताउनुभयो । 

उहाले भन्नुभयो, प्रतिनिधिसभाको विघटन गर्ने निर्णय स्वीकार गर्न सकिदैन । ओलीको ब्यक्तिवाद र निरंकुशतालाई साथ दिन नसकिने भन्दै ओली कम्युनिष्ट नै नभएको टिप्पणी गर्नुभयो । पार्टी अध्यक्षबाट हटाएका पनि ओलीलाई केन्द्रीय सदस्यबाट नहटाएको भन्दै नेता नेपालले ओली सुध्रिने आशा गर्नुभयो ।

ओलीले पश्चाताप गरे, प्रतिनिधिसभा पुनःस्थापना गरे सबै कुरामा टेबुलमा बसेर छलफल गर्न तयार रहको बताउनुभयो । नेता नेपालले भिरबाट हिँड्नेलाई रामराम मात्र भन्न सकिने तर काँध थाप्न नसकिने भन्दै ओलीले पश्चाताप गर्नुपर्ने बताउनु भयो । ओली प्रबृत्तिको अन्त्यको लागि आन्दोलन भएको जनाउँदै नेता नेपालले आफूहरुको आन्दोलनमा सबैको साथ र सहयोग गरेको जनाउनु भयो ।