२३ असार २०८३, मंगलवार
,
Latest
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइनः महेश बस्नेत



file
अ+ अ-

राँझा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताउनुभएको छ ।

प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताउनुभयो । 

जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको विचार राख्दै उहाँले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई आग्रह गर्नुभयो । पूर्वमन्त्री बस्नेत नेकपाको कोहलपुरमा आयोजना हुने युवा भेलामा सहभागी हुन यहाँ आउनुभएको हो ।