२३ असार २०८३, मंगलवार
,
Latest
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–दाहाल पक्षको शक्ति प्रदर्शन



अ+ अ-

काठमाडौ । पार्टी भित्रको अन्तरकलहको शिकार बनेको प्रतिनिधिशभा पुनस्थापनाको माग गर्दे नेकपा नेपाल– दहाल समुहले  आज देशव्यापी विरोध प्रदर्शनको आयोजना गरेका छन् । प्रतिनिधिशभा भंग गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै नेकपा नेपाल – दाहाल समुह ले निरन्तर बिरोध गरिरहेको छ । काठमाडौ उपत्यकामा तीनै बटा जिल्लाको संयोजन गरी प्रर्दशनीमार्ग स्थित भृकुटी मण्डपको मुल बाटो छकेर मञ्च बनाईएको छ ।

जहा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल , माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतलेका नेताहरुले सम्त्रोधन गर्ने छन् । प्रधानमन्त्री ओली निर्णय  बिरुद्धको शक्ति प्रर्दशनका रुपमा आयोजना गर्न लागिएको बिरोध सभामा बिभिन्न आठ स्थान बाट जुलुस भृकुटी मण्डप पुग्ने छ ।  नक्साल, बानेश्वर, चाबहिल, मैतीदेवी, लैनचौर, बागबजार, घन्टाघर, टेकु, थापाथलीलगायतका ठाउँबाट निकालिने जुुलुस भृकुटी मण्डपमा पुगेर सभामा परिणत हुने छ ।