३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३२ पुगेको छ ।

त्यस्तै आज सोमवार नेपालमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित हुनेहरुमध्यमा २५२ जना महिला र ४०७ जना पुरुष रहेका छन् । 
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । 

यस्तै देशभर सक्रिय संक्रमित ६ हजार ४२७ जना रहेका छन् ।