३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्री त्रिपाठी र रसियाका राजदूतबिच भेटवार्ता, नेपाललाई चाँडै कोरोनाविरुद्धको खोप उपलव्ध गराउने



अ+ अ-

काठमाडौं । रसियाले नेपाललाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउनेमा विश्वस्त पारेको छ । नेपालका लागि रसियाका राजदूत अलेक्सइ ए नोविकोवले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरि कोभिड १९ विरुद्धको लडाईंमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आज (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी र राजदूत नोविकोवबीच भेटवार्ता भएको थियो ।

साथै रसियाले नेपाललाई खोप उपलब्ध गर्ने देशको छैटौँ प्रथामिकतामा राखेको जानकारी राजदूत नोविकोवले जानकारी गराएका छन् । किनभने रसियासँग अहिले संसारका १०८ देशले खोपको माग गरेको छ । 

नवनियुक्त स्वास्थ्य मन्त्री त्रिपाठीलाई भेटेर राजदुत नोविकोवले बधाई र शुभकामना पनि व्यक्त गरेका छन् । 
सोमबार मन्त्रालयमा भएको भेटमा मन्त्री त्रिपाठीले पनि नेपाल र रसियाको सम्बन्ध अझ प्रगाढ रहने विस्वास सहित कोभिड–१९ को लडाइँमा साथका लागि धन्यवाद प्रकट गरेका छन् ।