२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी कमिटी सदस्य नेता खनाललाई मातृशोक, प्रचण्डद्वारा श्रद्धाञ्जली व्यक्त



अ+ अ-

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ लाई मातृशोक परेको छ । आइतवार राती ८ बजे खनालकी आमा मुमादेवी खनालको ९५ वर्षको उमेरमा काठमाडौंको नैकापमा निधन भएको हो ।

यसैबीच मुमादेवीको निधनप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रचण्डले शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट समेत गरेका छन् ।

'हाम्रो पार्टीका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ की ममतामयी आमा मुमादेबी खनालको ९५ वर्षको उमेरमा आइतवार राति ८ बजे काठमाडौंको नैकापमा निधन भएको खबरले हामीलाई दुखित् तुल्याएको छ । दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।'