२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वर्गीय श्रेष्ठको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको योगदान उल्लेखनीय’



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघको संस्थापक सत्यनारायण बहादुर श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको स्मरण गर्नु भएको छ ।
 
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले २००८ सालमै नेपाल पत्रकार महासंघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुर्याउनु भएको योगदान उल्लेखनीय रहेको बताउनु भएको हो । 

नेवाः पत्रकार राष्ट्रिय दबूले सोमबार ललितपुरमा आयोजना गरेको सत्यनारायण बहादुर श्रेष्ठको १०५ औं स्मृति सभामा बोल्दै उहाँले २००८ सालमै पत्रकारहरुको हितका लागि संगठनको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको सञ्चार, सूचना र प्रविधिको क्षेत्रमा संस्थागत विकास गर्न दुुरदृष्टि राख्नु भएको उल्लेख गर्दै आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई आग्रह गर्नु भयो । मन्त्री गुरुङले स्वर्गीय श्रेष्ठ नेपालको पत्रकारिता क्षेत्रको ऐतिहासिक व्यक्तित्व भएको चर्चा गर्दै उहाँबाट प्रेरणा लिएर अघि बढन पनि सञ्चार क्षेत्रले लाग्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । 

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सूरबीर बज्राचार्यले २००८ सालमा नेपाल पत्रकार महासंघको स्थापना गर्नु भएको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नै महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो । मन्त्री गुरुङले नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक निर्णय लिने जवाफ दिनु भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष दण्ड गुरुङ, मन्त्री गुरुङका सञ्चार विज्ञ राजेन्द्र मानन्धर लगायतको उपस्थिति रहेको थियो ।