२३ असार २०८३, मंगलवार
,
Latest
पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति भेट्न शीतल निवासमा



अ+ अ-

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सहितको टोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेको छ। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली आज अपराह्न शीतल निवास प्रवेश गरेको हो ।

आज मात्र नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछ । आइतबार दिउँसो एयर चाइनाको विमानमार्फत उनीहरु नेपाल आएका थिए । सो टोलीले नेपालमा राष्ट्रपति भण्डारीपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहित अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

हाल नेपालमा विकसित राजनीतिक घटनाक्रमपछि चिनियाँ टोली नेपालमा आएको छ र यसलाई विशेष महत्वका साथ हेरिएको छ । संसद विघटन गरेपछि प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ ।  उता सोही कारणले नेकपामा विग्रह आएको छ । नेकपा दुई चिरामा विभाजन भएको छ र एक पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्काे पक्षको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरिरहेका छन् । 
 




भर्खरै