काठमाडौं । आज पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आन्तरिक बैठकमा रहने भएका छन् । आगामी दिनको लागि रणनीति तय गर्न दुवै समूहले आन्तरिक बैठक बस्न लागेका हुन् । केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने कसरतमा दुवै समूह रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ ।












