काठमाडौं । प्रधानमन्त्रीले संसद विघटन गरेको विषयको सुनुवाईकै दिन सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ ।
आजको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको इजलाशले सो आदेश जारी गरेको हो ।
सो आदेशमा मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।
यस्तै यो विवादको निरुपणका लागि सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने पनि निर्णय भएको छ । यस मुद्दामा आज पहिलो सुनुवाई भएको हो ।












