काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पुल्चोक पुगेर भेट गरेका छन् । बादलले भने हालसम्म कुन पक्षमा रहने भन्नेबारे खुलाएका छैनन् । बादल सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्न बालुवाटार पुगेका थिए । संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली र प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका बेला दाहालले मंगलबार बिहान बादललाई भेटेका हुन् ।
बादल निकट स्रोतका अनुसार दुवै पक्षसँग छलफल जारी राखिए पनि के गर्ने टुंगो लागिसकेको छैन । आज नेकपाका दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बोलाइएको छ ।
ओली पक्षको बैठक शुरु भईसकेको छ भने प्रचण्ड–नेपाल पक्षको बैठक भने दिउँसो एक बजे बोलाइएको छ ।












