काठमाडौ । तत्कालीन नेकपा एमाले र माओबादी केन्द्र बिच २०७५ जेठ तीन गते एकता भएको आज बाट औपचारीक रुपमा टुटदैछ । कानूनी र राजनीतिक रुपमा आफू बलियो देखाउनका लागि केपी ओली र पुष्पकमल दहाल पक्ष सक्रिय रहेका छन् । जसका कारण नेकपा विभाजन वा चोईटिने भन्ने प्रष्ट खाका आईसकेको छैन ।
प्रधानमन्त्री ओली निकट केन्द्रिय सदस्यहरुको बैठक बालुवाटारमा बस्ने तयारी मा छ भने दाहाल पक्षको केन्द्रिय समितिको बैठक पनि आजै दिउसो १ बजे कार्की पार्टी प्यालेश बबरमहलमा बस्दैछ । दुबै केद्रिय समितिको बैठकले एक अर्कालाई कारबाही गरेको घोषणा गर्दै थप नेतालाई जिम्मेवारी दिनेछन् । यसै बिच एकिकृत नेकपा रहँदाका नेताहरु यतिखेर दुबै तीरको तानातानमा परेका छन् ।
नेकपामा वरिष्ठ उपाध्यक्ष रहनु भएका वामदेव गौतम दुबै पक्षको बैठकमा सहभागी हुनुभएको छैन र आज पनि दुबै समुहको छलफलमा नजाने हुनु भएको छ । यसै गरी गृहमन्त्री रामबहादुर थापा केही दिन यता दुबै समुहको छलफलमा सहभागी नभई आन्तरिक छलफलमा रहनु भएको छ । पछिल्ला दिनमा दाहालसंग चित्त दुखाउदै निष्कृय बस्नु भएका हरिबोल गजुरेलले दाहाल समुहलाई साथ दिनुभएको छ ।












