३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटनको विरुद्धमा पूर्व माओवादीका मन्त्रीहरुले दिए सामूहिक राजीनामा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि त्यसको विरोध गर्दै वर्तमान मन्त्रिपरिषदका ५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । 

पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले सामूहिक राजीनामा दिएका हुन् । स्रोतले बताएअनुसार उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका छन् ।

माधव नेपाल पक्षका मन्त्रीहरुले भने के गर्ने भन्ने टुंगो अझै गरेका छैनन् ।