काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहानै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गर्नुभएको हो। उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
बिहान नौ बजे मन्त्रीहरुलाई खबर गर्दै ९ः४५ मा बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको थियो । नियमित बैठक सोमबार र बिहीबार बस्ने गरिएको भएपनि प्रधानमन्त्री ओलीले आजको बैठक आकस्मिक रुपमा बोलाउनुभएको हो ।












