काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । यसैगरी, महाशाखाले हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु, कुहिरो लागेको छ । साथै, प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्य तया सफा रहेको छ।
आज आइतबार
दिउँसोः प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।












