काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै आज र भोलि (शनिबार) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा बिजुली काटिने जानकारी दिएको छ । बालाजु सवस्टेशन भित्रको ११ केभीको ब्रेकर जडान गर्नुपर्ने भएकाले उक्त सवस्टेशनबाट वितरित बिजुली काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको हो ।
सूचनाका अनुसार शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली काटिने छ । त्यसमा बालाजु औद्योगिक क्षेत्र, ढुङ्गेधारा, महाराजगञ्ज, नयाँ बजार, धर्मस्थली फिडर सटडाउन हुनेछ ।
निर्धारित कार्य समयअगावै सम्पन्न भएका सो समयभन्दा अगावै बिजुली आउनेसमेत प्राधिकरणले जनाएको छ ।












