३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

हप्ताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २२.७० अंकले ओरालो, लघुवित्त कम्पनीको परिसूचक बाहेक सबै समूहको परिसूचक घट्यो



अ+ अ-

काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २२ दशमलव ७० अंक घटेर २ हजार ३२ दशमलव ५१ विन्दुमा पुगेको छ । आजको कारोबार शुरु भएको ५ मिनेट नबित्दै २० अंकले घटेर राताम्मे बनेको हो। बिहिबार कारोबारमा आएका १९५ कम्पनीको रू ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ बरावरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये लघुवित्त कम्पनीको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ । लघुवित्त समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत वृद्धि भएको हो । लघुवित्त कम्पनीहरुको शेयर मूल्य बढेसँगै परिसूचक बढेको हो । सबैभन्दा बढी महुली सामुदायिक लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४३९ पुगेको हो । त्यसैगरी दोस्रोमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको ९ दशमलव ८० प्रतिशत र माउण्टेन इनर्जी नेपालको शेयरमूल्य ९ दशमलव ७९ प्रतिशतका दरले वृद्धि भएको छ ।

बिहिबार सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको रू. ८० करोड २५ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो । विगत केही दिनदेखि बढ्दै आएको नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य बिहिबार सबैभन्दा बढी ७ दशमलव ५१ प्रतिशत घटेको छ । बढीरहेको कम्पनीको शेयरमा लगानीकर्ताले खरीदभन्दा बढी विक्री गर्न थालेसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.५९१ पुगेको छ । त्यस्तै दोस्रोमा नेपाल बैंकको शेयर मूल्य ६ दशमलव २५ प्रतिशत घटेको छ ।