२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली आक्रामक, देउवा दोधार, दलदलमा दाहाल



अ+ अ-

काठमाडौं । राजनीतिमा यो आक्रामक भन्ने शब्द निकै प्रयोग हुन्छ । जसका अर्थ हुन्छ कुनै पनि निर्णय गर्दा दोधारमा नपर्ने, अघि बढ्ने र अर्काको कुरा सुनेर नबहकिने । अर्थात् यसको अर्थ निकै कडा शैलीमा अघि बढ्ने भन्ने नै हो । आजको राजनीतिमा यो अवस्था प्रधानमन्त्री केपी ओलीमा ठ्याक्कै लागू हुन्छ । उनी यति आक्रामक भएका छन् कि उनको कदमले आजको दिनको झझल्को दिएको छ ।

आजको दिन भन्नाले विसं २०१७ को पुस १ गतेलाई सम्झिनुपर्ने हुन्छ । त्यस दिन राजा महेन्द्रले पनि आज ओलीले जस्तै आक्रामक कदम उठाएका थिए । त्यस दिन उनले नेपालको दुई तिहाई बहुमतको विपी कोइरालाको सरकारलाई बर्खास्त मात्र गरेनन्, जननिर्वाचित प्रधानमन्त्रीलाई जेल नै हालिदिए र पञ्चायती व्यवस्थाको शुरुआत भएको घोषणा गरी आफू नै देशको कार्यकारी प्रमुख भएको स्वघोषणा गरे । 

तर आज यसरी कसैलाई गैरसंवैधानिक किसीमले ओलीले जेल हालेका त होइनन् तर उनले चालेको कदम पनि संवैधानिक छ भन्न मिल्दैन । किनभने संवैधानिक परिषदजस्तो सर्वसम्मतिले काम गरिने छ भन्ने व्यवस्था रहेको कानुनलाई उनले एकाध घन्टामै फेरिदिएर अध्यादेश ल्याए अनि बहुमतको आधारमा पनि निर्णय गर्न सकिने छ भनेर निर्णय गरे । त्यसो त सरकारले अध्यादेश ल्याउने अधिकार भने हो । तर त्यस कानुनप्रति प्रजातान्त्रिक विधि के छ र देशको प्रजातान्त्रिक संरचनालाई के कस्तो असर पारेको छ भनेर पनि हेर्नुपर्ने हुन्छ ।

अध्यादेश जारी गर्ने ओली सरकारको कदममा यस्तो देखिन्न । आफ्नै दलका सभामुख पनि परिषद बैठकमा उपस्थित नहुने परिस्थितिको सिर्जना उनको कदमले निम्त्यायो । जसका कारण सर्वसम्मतिले निर्णय लिनुपर्ने विद्यमान कानुनमा हठात् संशोधन गरेर आफूसहित बहुमत भए हुने गरी अध्यादेश ल्याइयो । अनि कुनै पहाडै खस्नेजस्तै त्यसैदिन साँझ परिषद बैठक बोलाइयो र निर्णय गराइयो ।
 
एकातर्फ देशमा आफ्नै पार्टीको स्पष्ट बहुमतको सरकार छ । त्यो सरकार संसद देखि डराएको छ । सभामुखलाई थाहै नदिइ बन्द गरिएको संसदको छ महिना नाघ्न लाग्यो् । संविधानले वर्षमा दुई ओटा संसद अधिवेशन गर्नुपर्ने स्पष्ट प्रावधान मात्र छैन कि दुई अधिवेशनको संसदको अवधि छ महिनाभन्दा बढी हुनुहुदैन भन्छ । यसरी अबको १६ औं दिनमा जसरी पनि संसदको बैठक आह्वान हुनुपर्दछ । तर सरकार भने कानुन ल्याउन यो दुई हप्ता पनि कुर्न नसक्ने अवस्थामा पुगेको छ । यसका बाध्यता के हुन् जसले स्पष्ट बहुमतको आफ्नै दलको सरकारर्ला प्रधानमन्त्रीलाई त्रसित बनायो ? यसैले ओलीको आक्रोस राजनीतिक र कानुनी रुपले सही होला तर त्यसमा राजनीतिक संस्कारको कमी देखिन्छ । जसले नेपालको राजनीतिक इतिहासको पुस १ लाई स्मरण गराएको छ ।  

ओलीको यो अलमलले प्रमुख विपक्षी दललाई भने अलमलामा पारेको छ । विपक्षी काँग्रेसका सभापति शेरबहादुर देउवा यतिखेर बडो दोधारमा देखिन्छन् । एकातर्फ यो अध्यादेश संविधानबाहिर गएर ल्याइएको छ । यसरी हतार गर्नुपर्नाका स्पष्टै भाषामा बुझिने कारण हुन् प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीलाई संवैधानिक निकायमा आफ्नालाई नियुक्ति नै हो । ती नियुक्तिमा विपक्षी नेता देउवाका मानिस पनि पर्छन् परेका होलान् । तर सरकारले ल्याएको अध्यादेश भने विपक्षी दलले खबरदारी गर्नुपर्ने, प्रश्न गर्नुपर्ने खालका छन् । त्यसैले संवैधानिक परिषदको बैठकमा सहमति जनाएर निर्णय गरौँ लोकको विरोध छ, नगरौँ आफ्ना मानिस छुट्ने डर छ । बजारमा सुनिन्छ कि देउवाले फलाना फलाना व्यक्तिलाई फलाना निकायमा नियुक्तिको लागि ‘वर्ड’ दिएका छन् रे ।

यदि त्यो वर्डभित्र अरु पनि केही छ भने त्यसले उनलाई अफ्ठेरोमा पक्कै पार्ला । त्यसैले देउवाको दोधार अस्वाभाविक छैन । उता नेकपा अर्थात् सत्ताधारी दलका कार्यकारी भनिएका अध्यक्षको हालत फेरि अर्कै छ । ओलीको यो शैली र देउवाको दोधारले उनलाई दलदलमा फसाइदिएको छ । ओलीसँग प्रश्न त दाहालले व्यापकै उठाएका छन् तर प्रश्न मात्रैले केही हुने देखिएन । कुराले चिउरा भिज्दैनन् भनेजस्तै ओली कानुन ल्याउँदै अघि बढ्ने, प्रचण्डका आफ्ना मानिसलाई कतै पनि स्थान नदिइने अनि सत्ताधारी दलको नेतामात्र बन्ने अवस्थामा उनी छन् ।

उनले न पार्टी कमिटीबाट निर्णय गरेर ओलीलाई कारबाही गर्न सक्छन् नत संसदीय दलमा बहुमत सिद्ध गरेर ओलीलाई सरकारबाट निकाल्न सक्छन् । फेरि विरोध गर्न भने छोड्लैनन् । यसरी उनी सरकारबाट त एक्लिएकै छन् उता विपक्षी दलको विश्वास लिएर सरकारलाई खबरदारी गर्नसक्ने अवस्थामा पनि छैनन् । किनभने अबका केही घन्टाको सिनारियो हेर्दा यस्तो लाग्छ देउवाले दाहालको भन्दा ओलीको समर्थनमा देखिने छन् । किनभने हिजो साँझको संवैधानिक परिषदले गरेका नियुक्तिमा देउवाका पनि मानिस परेका छन् र उनले यो निर्णय अनुमोदन गर्न सक्छन् । यदि त्यस्तो भयो भने पनि दाहाल अझै एक्लिन्छन् र अझै दलदलमा फस्छन् ।