२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक खेलकूद: ४१ देशले पदक जिते, चीन पहिलो



अ+ अ-

पेरिस ओलम्पिकमा बुधबार रातिसम्म विश्वका ४१ देशले पदक जितेका छन् । पछिल्लो पदक तालिका अनुसार चीनले ९ स्वर्ण, ७ रजत र ३ कास्य सहित १९ पदक जितेर पदक तालिकामा शीर्ष स्थानमा छ ।

यस्तै, फ्रान्सले ८ स्वर्ण, १० रजत र ८ कास्य सहित २६ पदक जितेर दोस्रो तथा जापानले ८ स्वर्ण, ३ रजत र ४ कास्य सहित १५ पदक जितेर तेस्रो स्थानमा छ ।

पदक तालिकामा चौथो स्थानमा रहेको अस्ट्रेलियाले ७ स्वर्ण, ६ रजत र ३ कास्य सहित १६ पदक जितेको छ भने बेलायत र दक्षिण कोरियाले समान ६–६ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी, संयुक्त राज्य अमेरिकाले ५, इटालीले ३, क्यानडा, जर्मनी र हङकङले समान २–२ स्वर्ण पदक जितेका छन् भने १६ वटा देशले १–१ स्वर्ण पदक जितेका छन् ।

दक्षिण एसियाको खेल पावर हाउस भारतले हालसम्म २ वटा कास्य पदकमा चित्त बुझाउनु परेको छ ।

नेपाल सहित पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तानले एक पदक पनि हासिल गर्न सकेका छैनन् ।

 




भर्खरै