२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र जनताका पक्षमा प्रतिबद्ध छु : पूर्वमन्त्री आले



अ+ अ-

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुडर शाक्य एकेडेमीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले आफूलाई जनताले विश्वास गरेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष जनताका माग र अधिकारका पक्षमा वकालत गर्ने बताउनुभयो ।

डेटीको बुडरमा निर्माण भइरहेको बुडर शाक्य एकेडेमी विद्यालय निर्माणका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले पालशाक्य गुम्बाका लागि बजेट विनियोजन गराएको र अब बुडर शाक्य एकेडेमी विद्यालयका लागि पनि सहयोग गर्ने बताउनुभयो ।

पूर्वमन्त्री आलेले आफू बुडर क्षेत्रकै बासिन्दा भएकाले पनि त्यहाँ निर्माण हुने विद्यालयको भवनसहित अन्य विकासका लागि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उक्त विद्यालय आफू पहिलोपटक गाउँपालिका अध्यक्ष भएका बेला २०६८ सालमा बजेट विनियोजन गरी सञ्चालन गरेको र आगामी दिनमा पनि चाहिने बजेट विनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

विद्यालय संस्थापक रिम्पोछेनवाङ लोदेले जोरायल गाउँपालिका तथा पूर्वमन्त्री एवं सांसद प्रेमबहादुरको सहयोगमा बुडरमा विद्यालय सञ्चालन गर्न सकिएको र अबका दिनमा सञ्चालनका लागि पनि सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

बुडरका बालबालिकाका लागि पूर्ण छात्रवृत्तिमा विद्यार्थीका लागि निःशुल्क विद्यालय सञ्चालन गर्ने उद्देश्यले बुडर शाक्य एकेडेमीले आज काठमाडौँमा हिमालयन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।रासस