३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट कैलालीमा ७५ वर्षीया महिलाको मृत्यु



अ+ अ-

कैलाली । आइतबार बिहान कोरोना संक्रमणबाट कैलालीमा एक ७५ वर्षीया महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिका १ की ती महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो ।

ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनलाई मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती महिलालाई निमोनिया पनि भएको थियोा ।