काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५९ जनाले कोरोना भाइरसको संक्रमणबाट निको भएका छन्।
देशभरका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका एक हजार ३५९ जना कोरोनामुक्त भएसंगै निको हुनेको संख्या दुई लाख ३४ हजार २३१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ।












