२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक पर्यटनको केन्द्र बन्दै तारकेश्वरको ‘शान्तिधाम’- फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र तारकेश्वरमा रहेको बृहद शान्तिधाम धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

विस २०६८ सालमा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उदेश्यले ‘शान्तिधाम’ दर्ता भएपछि उक्त परिसरमा बद्रीनारायणको मन्दिर निर्माण भएसँगै धार्मिक पर्यटक बढ्न थालेका हुन् ।

विस २०७३ को निर्जला एकादशीमा शिलान्यास भई २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रीनारायण मन्दिर दर्शनका लागि दैनिक पाँचसयभन्दा बढी दर्शनार्थीहरु आउने गरेका छन् । यस्तै विदाको दिनमा तीन हजारदेखि पाँच हजार दर्शनार्थीहरु मन्दिर दर्शनका लागि आउने गरेका छन् ।

बिहान र बेलुका खुल्ने उक्त मन्दिर मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म बन्द हुँदै आएको छ । रु १५ करोड लागतमा निर्माण सम्पन्न भएको बद्रीनारायणको मन्दिर द्राविड शिखर शैलीमा निर्माण भएको हो । उक्त मन्दिर कलात्मक र सुन्दर रहेको छ ।

विभिन्न क्षेत्रमा सत्संग धार्मिक चेतना अभिवृद्धि गर्दै आएको शान्तिधाममा हिन्दु धर्मालम्बीहरुका दर्शनीय धार्मिक स्थल चारधाम निर्माण गर्ने उदेश्य राखिएको वृहद शान्तिधाम नेपालका संस्थापक मठाधीश अनन्त श्रीविभूषित स्वामी श्री चतुर्भुजाचार्य चुडामणिजी महाराजले जानकारी दिनुभयो ।

“वार्षिक हजारौँ नेपालीहरु अर्बौँ रकम खर्च गरेर छिमेकी मुलुक भारतका विभिन्न मठमन्दिर तथा धामहरु घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउनका लागि वृहद शान्तिधाम नेपाल स्थापना गरी विभिन्न मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ,”–उहाँले भन्नुभयो ।

अहिले बद्रीनारायण धाम निर्माण गरिएपनि आगामी दिनमा रामेश्वरम धाम, द्धाराकाधीश धाम र जगन्नाथ धाम निर्माण गरिने उहाँको भनाई छ । यहाँ कलात्मक शिशामहल राधाकृष्ण मन्दिर निर्माण सम्पन्न भएको छ ।

कूल १०० रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद औषधालय, सुन्दर पुष्पवाटिका, सरोबर एवं सर्वोऔषधी वन वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास, क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य राखिएको छ । केही भने निर्माण सम्पन्न भइसकेका छन् । यहाँ धार्मिक प्रवचन स्थल, सभाकक्ष, पाकशाला, गौशाला, मन्दिरका पुजारी, लगायत गौ सेवा गर्ने सेवक र सुरक्षाकर्मीका लागि आवास सम्पन्न भइसेका छन् ।

नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनलय, भोजनालय, साङ्गीतिक हल साथै सुन्दर मुक्ति सरोवर निर्माण गरिएको यस शान्तिधाममा विशेष अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्ने गरेको छ । त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा समेत मेला लाग्ने गरेको छ ।

उक्त शान्तिधाममा दैनिक १०० भक्तजनलाई आवास तथा भोजन गर्नसक्ने क्षमता रहेको छ । शान्तिधाम परिसरमा निर्माण गर्न लागिएको भौतिक संरचनाका लागि आर्थिक अभाव रहेको मठाधीशको भनाई छ । यस्तै, शान्तिधाम पुग्नका लागि बाटोसमेत राम्रो नहुँदा समस्या परेको छ ।

आन्तरिक तथा बाह्य पर्यटन विकास गर्दै राज्यलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको शान्तिधाममा दाताहरुले समेत सहयोग गर्ने क्रम बढेको छ । शान्तिधाम काठमाडौँ महानगरपालिका–१६ माछापोखरीबाट ७ किलोमिटर दुरीमा पर्दछ ।