२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलमा सरकारको राहदानी घुम्ती सेवा, ३८२९ जनाले गरे नवीकरण



अ+ अ-

काठमाडौं । राहदानी विभाग र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ ।

यही अगष्ट २ देखि १३ सम्म सञ्चालित घुम्ती सेवाबाट पोर्चुगलमा रहेका ३ हजार ८ सय २९ जना नेपालीले आफ्नो राहदानी नवीकरण गरेका छन् । जसमा १२१ जना नाबालक, ३३८८ नवीकरण र हराएका ३२८ जना रहेको नैपाली राजदूतावास पेरिसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५८० युरो अर्थात् ७ करोड २० लाख ११ हजार ५५४ नेपाली रुपैयाँबराबर राजस्व संकलन भएको छ ।

घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव र स्थानीय कर्मचारी सहभागी भएका थिए ।

पोर्चुगलमा हाल ५० हजारभन्दा धेरै नेपाली बस्दै आएका छन् ।




भर्खरै