२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँः चन्द्र ढकाल



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सिआईपी सम्मान (व्यवसायिक महत्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गर्नुभएको छ ।

शुक्रवार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । सिआईपी  जारी गर्ने निश्चित मिति घोषणा गर्नसके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने बताउनु भयो । उहाँले सिआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्दा समग्रमा सकारात्मक वातावरण दाबी गर्नुभयो । उहाँले नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट उद्योगी, व्यवसायीहरुले दुःख पाइरहेको बताउनु भयो । उहाँले आवश्यक भएको ठाउँमा नीतिहरु परिवर्तन गरी समय सापेक्ष बनाउन माग गर्नुभयो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारपछि निजी क्षेत्रले लगानी गर्ने मनोबल बढाएको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई सँगै लिएर जानसके मात्रै सरकार सफल हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट कतिपय, सरकारको रेभिन्यु खर्च नगरीकन सरकारको तर्फबाट गर्ने केही सरकारी खर्च नगरीकन गर्ने निर्णयहरुले धेरै काम गर्छ भन्नेकुरा राख्न चाहन्छु । माननीय मन्त्रीज्युले निजी क्षेत्रले गरेको, निजी क्षेत्रले रोजगारी सिर्जना, रेभिन्युमा सहयोग गरेको र निजी क्षेत्रलाई सँगै लिएर निजी क्षेत्रको मनोबल बढाउने कुरामा माननीय मन्त्रीज्युले जुन इन्करेज गर्नुभयो । त्यसको लागि मन्त्रीज्यु र सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु । श्रीमान सचिवज्यु वास्तवमा यो सिआईपीको डेट फिक्स गरौँ । यो दिन नेपाल सरकारले सिआईपी दिन्छ भनेर एउटा पब्लिक डेट घोषणा गरौँ । यसले धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने व्यवसायीलाई इन्करेज गर्नेछ । जसले समग्रमा सकारात्मक वातावरण बनाउनेछ ।’

अध्यक्ष ढकालले अहिले सकारात्मक माहोल बनिरहेको भन्दै यसले आगामी दिनमा निजी क्षेत्रबाट महत्वपूर्ण उपलब्धि हुने विश्वास राख्नुभयो । उहाँले दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारबाट व्यवसायीक वातावरण मिलेको महशुस भएको बताउनु भयो । उहाँले अहिले लगानीको वातावरण रहेको र आन्तरिक लगानी बढ्नेमा विश्वस्त रहेको जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल




भर्खरै