३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीसीआरको विकल्प एन्टिजिन परीक्षण हुन नसक्ने विज्ञहरुको दावी(भिडियो सहित )



अ+ अ-

काठमाडौं । एन्टिजिन परीक्षणलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् ।

एन्टिजिनबाट गलत रिपोर्ट आउन सक्ने भएकाले कोरोना भाइरस परीक्षणमा एन्टिजिनलाई पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने विज्ञहरुले बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का खोप विज्ञ डा. तिर्थ घिमिरेले पीसीआरले भाइरस भित्र रहेको अणुवंशिक पदार्थलाई सजिलै चिन्ने तर एन्टिजिनले भाइरसका टुक्राटुक्रिलाई मात्रै चिन्ने विशेषता हुने बताउनुभयो । त्यसकारण एटिजिनबाट फल्स रिपोर्ट समेत आउने भएकाले यसलाई पीसीआरको विकल्पमा लिन नहुने बताउनुभयो । एन्टिजिन टेस्ट गर्दा कहिलेकाहिं कोभिड १९ संक्रमण भएकालाई नभएको र नभएकालाई भएको रिजल्ट दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने डा. घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘पीसीआरको विकल्पमा एन्टिजिन टेस्ट हुन सक्दैन । पीसीआर भनेको हाइलि एडभान्स टेक्नोलोजी हो । पीसीआर एउटा कन्र्फमेटरी अर्थात कोभिड छ भनेर पकका गर्र्ने अथवा छैन भनेर पक्का गर्ने विधि हो । तर यो एन्टिजिन परीक्षण कन्फर्म परीक्षण होइन । यसमा के छ भन्दा फल्स पोजेटभ अथवा फल्स नेगेटीभ नतिजा आउन सक्छ । त्यो भनेको मेरो शरिरमा कोभिड १९ नहुँदा नहुँदैपनि कहिलेकाहिं देखाइदिने र कोभिड १९ छ भने पनि नदेखाइदिने एन्टिजिन परीक्षणले गर्छ ।’

एन्टिजिन परीक्षण सस्तो, छिटो र सजिलो छ भन्दैमा पीसीआरको विकल्पको रुपमा प्रयोग गर्न नहुने बताउनुभयो । एन्टिजिनलाई अत्यावस्यक अवस्थामा मात्रै प्रयोग गर्नसकिने उहाँको भनाई छ । त्यसबाहेक समूहमा बसोबास गर्नेहरुमा यसबाट परीक्षण गरी स्थितिको बारेमा जानकारी लिन सकिने पनि डा. घिमिरेले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवं माइक्रो बायोलोजिष्ट मेघराज बन्जाराले एन्टिजेन परीक्षण परीक्षणकै रुपमा रहेकाले अहिले नै पीसीआरको विकल्पमा प्रयोग गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो एन्टिजिन परीक्षण परीक्षणकै क्रममा रहेकोले प्रयोग गर्न हुन्छ वा गर्न हुन्न भन्ने अवस्थामा म छैन् । तर यसको नतिजालाई पीसीआरको नतिजासँग तुलना गरेर यदी यसको पफमेन्स पनि, सेन्सेटिभिटी, स्पेसिफिसिटी पनि विश्व स्वास्थ्य संगठनले दिएको मार्गदर्शन अनुसारको र हाम्रो देशमा परीक्षण गर्दापनि रियल टाइम पीसीआर जत्तिकै सेन्सेटीभ भयो भने यसलाई प्रयोग गर्न सकिन्छ ।’
अहिले प्रयोगमा आएका एन्टिजेन टेष्टहरु कुनैपनि आधरिकारीक निकायबाट प्रमाणित भइसकेको छैन् । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले पनि आपतकालिन स्वीकृत मात्रै दिएको बन्जाराले बताउनुभयो । अहिले सबैठाउँमा एन्टिजिन परीक्षण परीक्षणकै रुपमा रहेको र यसको नतिजा उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले ८० प्रतिशत भन्दा बढी सेन्सेटिभिटी भयो भनेर प्रमाणित गर्यो भने मात्रै पीसीआरको विकल्पमा प्रयोग गर्न किने पनि बन्जाराले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो एन्टिजिन टेस्ट पनि एफडिए स्वीकृत भएका, सिडिसी स्वीकृति भएका, सिएबाट स्वीकृति भएका यस्ता एन्टिजिन टेस्ट गर्ने टेस्टहरु त्यति छैनन् । अरु एफडिएहरुले पनि आपतकालिन स्वीकृति मात्रै दिएका छन् । सबै परीक्षणको क्रममै रहेका छन । तर यदि एन्टिजिन परीक्षण, उच्च संवेदनशिल, उच्च विशिष्टिकृत र राम्रो नतिजा भएको र विश्व स्वास्थ्य संगठनले त्यस्ता टेस्टहरुको सेन्सिटिभिटी ८० प्रतिशत भन्दा माथि हुनुपर्छ भनेको छ र त्यस्ता टेस्टहरु आए भने रियलटाईम पीसीआरको विकल्प हुन सक्छ । अहिले परीक्षणको रुपमा भएको हुनाले विकल्प भएन । रियल टाइम पीसीआर नै सबैभन्दा भरपर्दो डाइगोनोसिस गर्ने माध्यम भयो ।’

सरकारले भने कोभिड–१९ संक्रमणको पहिचानका लागि भन्दै एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय परीक्षण निर्देशिकालाई परिमार्जन गरी एन्टिजिनमा आधारित परीक्षणबाट कोभिड संक्रमणको पहिचान गर्ने व्यवस्था गरेसँगै काठमाडौं उपत्यकामा परीक्षण शुरु भएको हो ।