२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार पहिलो घण्टामा नेप्से परिसूचक ५९.२७ अंकले ओरालो



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५९ दशमलव २७ अंकले ओरालो लागेको छ । आइतबार शेयर बजार २ हजार ०५१ दशमलव ५१ विन्दुबाट शुरु भएको कारोबार पहिलो घण्टामा २ दशमलव ८८ प्रतिशतले घटेर १ हजार ९९६ दशमलव १८ विन्दुमा पुगेको छ । 

आइतबार पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको १९ हजार ७२३ पटकको कारोबारमा ३८ लाख ७४ हजार २५७ कित्ता शेयरको रू. २ अर्ब ३७ करोड ८८ लाख बराबरको खरीदविक्री भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । जसमध्ये अन्य समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५५ प्रतिशतले घटेको छ । 

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ४३ करोड बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ६३९ मा कारोबार भइरहेको छ ।