३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजाको कारण जेलमा रहेका करिव १२ हजार कैदिहरुलाई आममाफी दिनुपर्छ–नेकपा नेता शेर बहादुर तामाङ



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टिका नेता तथा तत्कालिन कानुनमन्त्री शेर बहादुर तामाङले नेपालमा गाँजा खेति, सेवन र ओसारपसारमा जेल सजाय भोगिरहेका करिव १२ हजार कैदिहरुलाई आममाफी दिनुपर्ने बताएका छन् । उनले समाजिक सञ्जालमा लेख्दै नेपालमा पनि गाँजालाई कानुनी रुपमा मान्यता दिँदै अघि बढ्नुपर्ने बाताएका छन् । त्यस्तै उनले आफुहरुले संसदमा दर्ता गरेको गाँजा सम्बन्धी कानून पारित गर्नासाथ यो प्रक्रियाको प्रारम्भ हुने पनि बताएका छन् । त्यस्तै उनले छिटोभन्दा छिटो कानून पारित गराउन सबैले आ–आफ्नो ठाउँबाट लाग्न पनि अनुरोध गरेका छन् । 

 नेता तथा तत्कालिन कानुनमन्त्री शेर बहादुर तामाङको स्ट्याटस:

''अमेरिकाको प्रतिनिधीसभा संघीय संसदले गाँजा प्रयोग, खेति र ब्यापार गर्नेहरुलाई अमेरिकाको संघीय कानून बमोजिम सजाय हुँदै आएकोमा उनिहरुलाई आममाफी र क्षतिपूर्ति दिने उद्देश्यले Marijuana Opportunity, Reinvestment and Expungement (MORE) Act शुक्रबार मंसिर १९ गते December 4 मा पास गरेको छ ।

स्मरणीय छ अमेरिकाले पनि हालै संयुक्त राष्ट्रसंघमा भएको गाँजालाई खतरनाक लागु पदार्थको सुचीबाट हटाउने प्रस्तावको पक्षमा मतदान समेत गरेको थियो । अब नेपालमा पनि कानून बनाएर गाँजा खेति, सेवन र ओसारपसार गरेबापत जेल सजाँय भोगिरहेका करिव १२ हजार कैदिहरुलाई आममाफी दिनुपर्नेछ ।

हामीले संसदमा दर्ता गरेको कानून पारित गर्नासाथ यो प्रक्रियाको प्रारम्भ हुनेछ । त्यसैले छिटोभन्दा छिटो कानून पारित गराउन सबैले आ-आफ्नो ठाउँबाट लागौं ।''