३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा जिप दुर्घटना: वडा सचिवसहित ३ जनाको मृत्यु, ५ घाईते



Symbolic Picture
अ+ अ-

कैलाली । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र  ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र केआई सिंह गाउँपालिका–४ का ४० वर्षीय हरि नाराण्ण भट्ट र अर्की एक जना अन्दाजी ५०–५५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनक राज पाण्डेले जानकारी दिए ।

सबैको सनाखत भइसकेको तर ति महिलाको सनाखत भने हुन नसकेको पनि उनले बताए । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप गएराति करिब साढे १ बजे बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ को चवराचौतारामा दुर्घटनामा परेको हो । म १ च ५५० नम्बरको जिप दुर्घटनामा परेको हो । 

त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा ३० वर्षीय चालक कैलाश बम, २८ वर्षीय हेमन्त भट्ट, ४० वर्षीया खेमादेवी गिरी,  २६ वर्षीय टीकाराम गिरी र नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।