कैलाली । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बोगटान फुड्सिल गाउँपालिका ७ कि वडा सचिव मन्जु त्रिपाठी र केआई सिंह गाउँपालिका–४ का ४० वर्षीय हरि नाराण्ण भट्ट र अर्की एक जना अन्दाजी ५०–५५ वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनक राज पाण्डेले जानकारी दिए ।
सबैको सनाखत भइसकेको तर ति महिलाको सनाखत भने हुन नसकेको पनि उनले बताए । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप गएराति करिब साढे १ बजे बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ को चवराचौतारामा दुर्घटनामा परेको हो । म १ च ५५० नम्बरको जिप दुर्घटनामा परेको हो ।
त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा ३० वर्षीय चालक कैलाश बम, २८ वर्षीय हेमन्त भट्ट, ४० वर्षीया खेमादेवी गिरी, २६ वर्षीय टीकाराम गिरी र नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।












