३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने –सञ्चारमन्त्री गुरुङ



अ+ अ-

 काठमाडौ । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताउनु भएको हो । पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका हिम आरोहीहरु मिङ्मा ग्याल्जेन शेर्पा, दावा ग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रि«य झण्डाका साथ विदाई गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतको आरोहण गरेर हिमाल आरोहीहरुले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गराउनु भयो । ‘नेपाललाई विश्वमाझ चिनाउन हिम आरोहीहरुले खेल्नु भएको भूमिका महत्वपूर्ण छ’, मन्त्री गुरुङले भन्नुभयो, ‘अव नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्न लागि पर्नेछु ।’ 
मन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझै जोड दिएर मुलुुकलाई सूचना प्रविधिमैंत्री बनाउन सकिने पनि स्पष्ट पार्नु भयो । उहाँले दोलखाको रोल्वालिङ हिमाल आरोहरणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम राख्नेहरुको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताउनु भयो ।
सो अवसरमा मन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा जान लाग्नुभएका तीनै जना हिम आरोहीहरुलाई सफलताको शुुभकामना व्यक्त गर्नु भएको थियो । मिङ्मा, दावा र किलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको पटक पटक आरोहण गरिसक्नु भएको छ । मन्त्री गुरुङले माउन्ट केटूू हिमाल आरोहणमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन पनि आरोहण दलका सदस्यलाई आग्रह गर्नु भयो । 


विदाई समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, बागमती प्रदेशका प्रदेशसभा सदस्य सरस्वती बस्नेत, गौंरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्कालगायतको सहभागिता रहेको थियो । आरोहण दलका सदस्यहरुलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक  बराबरको आर्थिक सहायता प्रदान गर्नु भएको थियो भने गौरीशंकर गाउँपालिकाले २ लाख सहायता उपलब्ध गराएको थियो । दोलखाको गौंरीशंकर गाउँपालिकास्थित बेदिङ गाउँमा मात्रै ६५ जना भन्दा बढिले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सक्नु भएको छ ।