३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनालाई सरकारको साथ , बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोग गर्ने



अ+ अ-

काठमाण्डौ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोक्का मगर लाई भेटेर बधाई दिनुभएको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी  मगरसँग भेट गर्दै विविसिको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिनुभएको हो । नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै समाजसेवी मगरको प्रसंसा गर्नुभयो ।

अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो । समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै सपना मगर जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताउनुभयो ।

समाजसेवी सपनालाई विविसिले संसारका १ सय जना प्रभवशाली महिलाको सूचीमा पारेको छ । यसपछि मगरको कामको प्रसंसा देश भित्र मात्र नभई संसार भर भइरहेको छ ।