काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना रोक्का मगर लाई भेटेर बधाई दिनुभएको छ । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी मगरसँग भेट गर्दै विविसिको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिनुभएको हो । नेपाल सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै समाजसेवी मगरको प्रसंसा गर्नुभयो ।
अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो । समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै सपना मगर जस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताउनुभयो ।

समाजसेवी सपनालाई विविसिले संसारका १ सय जना प्रभवशाली महिलाको सूचीमा पारेको छ । यसपछि मगरको कामको प्रसंसा देश भित्र मात्र नभई संसार भर भइरहेको छ ।












