२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ता सम्बद्ध संघले घेरे धितोपत्र बोर्ड



अ+ अ-

काठमाडौँ । ब्रोकर कमिशन घटाउन माग गर्दै पूजी बजारका लगानीकर्ता सम्बद्ध संघहरुले आज शुक्रबार नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् । ब्रोकर कमिशन घटाउनका लागि दबाव सृजना गर्ने उदेश्यले कार्यक्रम गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताउनु भयो । 

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूह सम्बद्ध लगानीकर्ताहरुले घेराउ गरेका हुन् । लगानीकर्ता सम्वद्ध संघहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम गर्नुपर्ने माग राख्दै आएका छन् । शेयर बजारमा कारोबार रकम बढेकाले अब पनि ब्रोकर कमिशन नघाटाइनु लगानीकर्तामाथी अन्याय भएको उनीहरुले आरोप लगाउँदै आएका छन् । 

यसैक्रममा लगानीकर्ता सम्बद्ध संघसंस्थाहरुले आजै बोर्डका डेपुटी कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । ब्रोकर कमिशन घटाएर लगानीकर्ताहरुको लागत कम गरी लगानीकर्ताहरुलाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै बोर्डका डेपुटी कार्यकारी निर्देशक श्रेष्ठले ब्रोकर कमिशन घटाउने सम्बन्धी अध्ययन प्रतिवेदन नै तयार पारिसकेको र निकट भविष्यमै ब्रोकर कमिशन पुनरावलोकन हुने प्रतिक्रिया दिए । बोर्डका कार्यकारी निर्देशक निरज गिरीले समेत यस सम्बन्धमा अध्ययन प्रतिवेदन तयार भइसकेकाले छिट्नै निर्णय लिइने बताउनु भएको छ ।  




भर्खरै