२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री डा राणालाई जनसम्पर्क समिति भारतको बधाई



अ+ अ-

भारत; भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपाली कांग्रेस जन सम्पर्क समिति, भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

नेपाली कांग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरुले आज बिहान परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गर्नुभएको हो ।

सो समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको पदाधिकारीहरुको टोलीले जनसम्पर्क समिति भारतका क्रियाकलापहरुका बारेमा जानकारी गराउँदै मन्त्री डा राणाको कार्यकालमा नेपाल भारत सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री डा राणाले नेपाली कांग्रेसको विचार र सिद्धान्तमा प्रतिबद्ध रहेर भारतमा रहेका नेपाली समुदायको हितमा काम गर्न र नेपाली कांग्रेसको सङ्गठनलाई प्रवासमा थप विस्तार गरी सशक्त बनाउन आग्रह गर्नुभयो ।

गत आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस. जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा राणा आज अपराह्न स्वदेश फर्कंदै हुनुहुन्छ ।




भर्खरै