काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ६१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।
जसमध्ये काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना संक्रमित थपिएका हुन् । ्












