२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ: सभापति खान



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरु नठगिने बताउनु भयो । उहाँले कानूनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्नसके उपभोक्ताहरु नठगिने बताउनु भयो । उहाँले उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारमा दुई वटा ठूला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने पनि बताउनु भयो । उहाँले उद्योगहरुको अनुगमन गर्न जाँदा नेताहरुको फोन आउने र कारबाही गर्न नपाइने गरेको बताउनु भयो । उहाँले उपभोक्ताको हक हितको रक्षा गर्ने हो भने उद्योगी, व्यवसायीहरु राजनीतिकरणमा लाग्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्ताको अधिकार र आपूर्ति सहज हुनुपर्छ । यसको निम्ति हामीले दलीय राजनीतिकरण गर्नु हुँदैन । अहिले सबैभन्दा बढी सांसद मान्यज्युहरु बसेको पार्टी नेपाली काँग्रेस हो । त्यसपछिको नेकपा एमाले हो । दुवै पार्टीहरु सरकारमा छन् । दुवै पार्टीको सम्मिलित सरकार छ । यि दुवै पार्टी सरकारमा भइसकेपछि क्षमा याचना गर्ने मौका जनतालेले दिने छैनन् । खासगरी कस्तो प्रकारको राजनीतिकरण भइरहेको छ, यो उपभोक्ताहरुको हक हीतमा भने विभिन्न उद्योगहरु, विभिन्न कम्पनीहरुका सञ्चालकहरु हामी तपाईंसँगै जोडिएका छौँ । सबैभन्दा बढी नेपाली काँग्रेस र नेकपा एमालेसँगै जोडिएका छन् । अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्युहरुको फोन आउँछ । उपभोक्ताको हक हितको रक्षा वास्तवमा गर्ने हो भने उद्योगी, व्यवसायीहरुको राजनीतिकरणमा लाग्नु हुँदैन ।’

उहाँले १५ खर्ब ५२ अर्बको आयात भइरहेको र निर्यात जम्मा १ खर्ब ५२ अर्बको निर्यात गरिरहेको बताउनु भयो । १४ खर्ब ४२ अर्बको रेमिट्यान्स भित्र्याएर देशलाई धानिरहेको जिकिर गर्नुभयो । उहाँले देशमा भएका साधन र श्रोतको उचित प्रयोग गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भयो । उहाँले आयात गर्नुपर्ने वस्तुमा कर्मचारीतन्त्र बढी उत्साहित हुने तर भएका उत्पादनलाई सही सदुपयोग गर्नेतर्फ जान नसकेको बताउनु भयो ।