३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएकाहरुको योगदानलाई कांग्रेसले सधैँ सम्मान गर्छः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उहाँले मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ भन्ने कांग्रेसको धारणा रहँदै आएको बताउनुभएको छ ।
 
कांग्रेसको नेतृत्वमा निर्माण भएको नेपालको संविधानमा अपाङ्गता भएका व्यक्तिहरुलाई राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चित गरिएको बताउँदै सभापति देउवाले उहाँहरूको शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि कांग्रेस सदैव क्रियाशील रहिरहने उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले अपाङ्गता भएका व्यक्तिहरूमा अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रूपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शुभ–कामना व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रियरूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।