२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जका चोकचोकमा जुम्लाका स्याउ



अ+ अ-

नेपालगञ्ज । जुम्लामा उत्पादन भएको स्याउ नेपालगञ्जका चोकचोकमा पाइन थालेको छ । जुम्लाबाट गाडीमा ढुवानी गरेर कोहलपुर ल्याइने स्याउ नेपालगञ्जका धम्बोझी, पुष्पलालचोक, भानुचोक, बिपी चोकलगायतका स्थानमा प्रतिकिलो रु एक सय ६० मा खरिद गर्न पाइने स्थानीय बताउँछन् ।

कोहलपुर नगरपालिका–१२ की शर्मिला कार्कीले प्रतिकेजी स्याउमा रु २० नाफा गरेर जुम्लाको स्याउ बेचिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जुम्लाबाट आएको स्याउ ताजा, रसिलो र स्वादिष्ट छ, त्यसैले छिटो बिक्री हुने गरेको छ ।”

एकै पटकमा जुम्लाबाट धेरै परिमाणमा स्याउ आउँछ र कोहलपुरका विभिन्न सटरमा भण्डारण गर्ने गरिएको कार्कीले बताउनुभयो । कोहलपुरबाट किनेर ल्याइ नेपालगञ्जमा बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “जुम्लाबाट आउने स्याउ अर्गानिक र रसिलो भएकाले धेरैले यो स्याउ मन पराउँछन्”, उहाँ भन्नुहुन्छ ।

नेपालगञ्जका स्थानीय ठेला व्यापारी रामदास कोइरीले स्थानीय तरकारी मण्डीबाट जुम्लाको स्याउ खरिद गरी बिक्री गरिरहेको बताउनुभयो । उहाँका अनुसार भारतको सिमलालगायत क्षेत्रबाट नेपालगञ्जमा स्याउ ल्याएर बिक्री गरिन्छ । जुम्लाको स्याउभन्दा भारतबाट ल्याएको स्याउ हेर्दा आकर्षक हुने भएकाले त्यसको मूल्य बढी हुने गरेको कोइरीको भनाइ छ । जुम्लाको स्याउको मूल्य प्रतिकेजी रु एक सय ६० छभने भारतबाट आयात गरिएको स्याउ रु दुई सयदेखि दुई सय ५० सम्म रहेको छ । जुम्लाबाट दैनिक चार ट्रक स्याउ आउने गरेको थोक व्यापारीहरु बताउँछन् । जुम्लाबाट एकै जातको स्याउलाई तीन वर्गमा विभाजन गरी नेपालगञ्ज ल्याउने गरिएको छ ।

नेपालगञ्ज आएको जुम्लाको स्याउ यहाँबाट बर्दिया र कैलालीसम्म पु(याउने गरिएको छ । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो गरी तीन प्रकारले ‘ग्रेडिङ’ गरी बिक्री हुँदै आएको छ । कर्णाली प्रदेशको जुम्लाबाहेक हुम्ला, कालीकोट, डोल्पा र मुगुबाट पनि नेपालगञ्जमा स्याउ बिक्रीका लागि ल्याउने गरिएको व्यापारी बताउँछन् । रासस




भर्खरै