बुटवल । पाल्पा र स्याङजाका थप ३८ र ३९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनीहरु दुबैको उपचारको क्रममा पाल्पामा मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा बगनासकाली गाउँपालिका–१ का ३८ र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
मेडिकल कलेजका अनुसार पाल्पाका पुरुषमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको र १४ गते अस्पताल भर्ना भएका थिए । मंसिर १ गते अस्पताल भर्ना भएका स्याङजाका पुरुषमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।












