२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज मंसिर १७ गते बुधवार, यी राशिहुनेहरुलाई आजको दिन फाईदाजनक ! हेर्नुहोस् तपाईको राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): घरायसी कार्य अगाडी बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज विद्या र बुद्धिके विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति संग भेटघाटपनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समयछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमपनि मन्दी आउनसक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । हाम्रो पात्रो