२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक लाइटको नियम उल्लंघन गर्नेलाई १ घण्टा अनलाइन सचेतना कक्षा लिने व्यवस्था



अ+ अ-

काठमाडौं। ट्राफिक लाइटको संकेतलाई बेवास्ता गरि सवारी साधन चलाउनेले अब ट्राफिक प्रहरीको अनलाइन कक्षामा बस्नुपर्ने नियम बनाइएको छ । ट्राफिक प्रहरी महाशाखाले मंसिर १५ गतेदेखि ट्राफिक लाइटको नियम उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ।

कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत निरन्तरता दिने भएको छ। संक्रमणको जोखिम यथावत नै छ। चालकहरुलाई कक्षा कोठामा उपस्थित गराउँदा जोखिम झन बढ्न सक्ने देखियो, त्यसैले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेका छौं, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले भने।

रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै कक्षा लिने व्यवस्था गरिएको हो, उनले भने। एक घण्टाको सचेतना कक्षामा सहभागी हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरि रजिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको छ।