बुटवल । भैरहवास्थित भीम अस्पतालमा गुल्मीको सत्यवती गाउँपालिका–३ का ९८ वर्षीय कोरोना संक्रमीत पुरुषको मृत्यु भएको छ ।
उनको राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलले बताउनुभयो ।
मंसिर ११ गते कोरोना पोजिटिभ देखिएका उनलाई मंसिर १२ मा भीम अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।












