२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको स्वास्थ्य र विकासको क्षेत्रमा भारतले थप सहयोग गर्नेछ: राजदुत श्रीवास्तव



अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आईतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतले नेपालप्रतिको आत्मीयता र मित्रतालाई बढाउँदै स्वास्थ्य र विकासका क्षेत्रमा थप सहयोग गर्ने बताउनु भयो । उहाँले नेपाल नागरिकहरुको आश्वकयताअनुसारका स्वास्थ्य सामग्रीहरु प्रदान गर्ने काम भारतले गरिरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल र भारतको मित्रता सदैव कायम रही रहने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारत सरकार र भारतको नेपालप्रति जुन आत्मीयता र मित्रता छ, यो सदैव कायम रहनेछ । यस अन्तर्गत हामी नेपालसँग जति सक्छौँ, तपाईंहरुको जरुरतअनुसार पूरा गर्ने कोशिस गर्नेछौँ । स्वास्थ्य होस् वा विकासको क्षेत्रमा हामीले सकेको सहयोग गरिरहेका छौँ ।’

उहाँले भरतपुर अस्पतालले भारतसँग बसको व्यवस्था गरिदन आग्रह गरेको भन्दै यस वर्ष पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।