२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमको सेवा अबरुद्ध भएपछि अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण



अ+ अ-

काठमाडौं । सेवा नै अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाईएको सम्बन्धमा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेले ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण माग गर्नुभएको हो ।

मन्त्रालयले निगममा नियमित रुपमा उस्तै प्रवृत्तिमा कमजोरी एवं लापरवाहीहरुको पुनरावृत्ति हुनु तथा व्यवसायिक कार्यसम्पादनस्तर कमजोरी भन्दै स्पष्टिकरण पत्र प्राप्त भएको ७ दिनभित्र कमजोरीका वस्तुगत आधार,कारण र प्रमाणसहित मन्त्रालयमा पेश गर्न आग्रह गरेको छ ।

निगम नेतृत्वले नेपालको उपस्थिति कायम राख्दै सुरक्षित,मर्यादित,प्रतिष्पर्धी र मुनाफायोग्य बनाउनु पर्ने भएपनि अध्यक्षको लापरबाही,असक्षमता र कमी,कजोरीको कारण निगमको साँख समेत गुम्दै गएको सरकारले बताएको छ । अध्यक्ष अधिकारीलाई मन्त्रालयले ११ वटा प्रश्नको वस्तुगत आधार,कारण र प्रमाणसहित ७ दिनभित्र लिखित स्पष्टिकरण पेश गर्न आग्रह गरेको छ ।

मन्त्रालयले अधिकारीसँग जहाजको प्राविधिक परीक्षण, पार्टपूर्जा खरिद एवं मर्मत कार्य गराउँदा स्वस्थ प्रतिष्पर्धा, पारदर्शीता तथा गुणस्तरीयता कायम नहुने गरेको गुनासो तथा उजुरीहरु आउने गरेको भन्दै दुई जहाजको सि–चेकको लागि एमआरओ छनौट गर्दा कार्य सम्पन्न गर्न नसक्ने कम्पनीलाई किन छनौट गरेको भनि प्रश्न गरेको छ । साथै यस कार्यबाट निगमलाई पुगेको क्षतिको जिम्मेवार पनि अधिकारी नै हुनुपर्ने र दुई जहाजको सि–चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक पठाएर पुन: फिर्ता बोलाई अर्को टोली पठाउने कार्यबाट निगमलाई पुगेको क्षतिबारे पनि मन्त्रालयले प्रश्न गरेको छ ।

जहाजहरुको नियति चेक जाँचको व्यवस्था नगर्नु, पर्यटक आवागमनको प्रमुख समय र चाडपर्वको समयमा उडानहरु पूर्ण क्षमतामा गर्नुपर्नेमा ग्राउण्ड गर्दा निगमलाई पुगेको घाटा, समयमा उडान नगरेबापत विभिन्न देशमा तिर्नुपरेको जरिवानाको स्पष्ट विवरण, गत बर्ष निगमको दुबई स्टेशनका कर्मचारीले बैंक खाता विवरणबारे समान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा ९करिव २ करोड० नोक्शानी व्यहोर्नुपरेको भन्ने विषयमा समेत प्रश्न गरेको छ ।

त्यस्तै मन्त्रालयले कार्यकारी अध्यक्षको हैसियतले आफ्नो जिम्मेवारी र दायित्व पूरा नगरी चरम लापरवाही र वदनियत देखिने गरी कार्यसम्पादन गरेको र निगम जस्तो ठूलो महत्वपूर्ण एवं संवेदनशील संस्थाको नेतृत्वमा हुनुपर्ने कार्यदक्षताको गम्भिर कमजोरी देखिएको सम्बन्धमो लिनुपर्ने कानूनी वित्तीय तथा नैतिक दायित्वको विषयमा समेत स्पष्टिकरण माग गरिएको छ ।

स्पष्टीकरण पेश गर्ने सम्बन्धी पत्रमा भनिएको छ,‘नेपाल सरकारको सतप्रतिशत स्वामित्व रहेको नेपाल वायुसेवा निगम राष्ट्रिय ध्वजावाहक वायुसेवाको रुपमा स्थापित र सञ्चालित छ । नेपाललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सञ्जालमा जोड्ने महत्वपूर्ण माध्यम रहेको यस निगमलाई नेपालको रणनीतिक उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिष्पर्धी एवं मुनाफायोग्य रुपमा सञ्चालित गर्नु अत्यन्तै आवश्यक रहेको नेपाल वायुसेवा निगम उडानको कमी, बढ्दो सञ्चालन घाटा तथा व्यवस्थापकीय असक्षमता, लापरवाही एवं कमीकमजोरीका कारण आफ्नो साँख गुमाउँदै जानुको साथै वित्तीय हानी नोक्शानी समेत व्यहोर्नुपरेको देखिन्छ ।

निगममा नियमित रुपमा उस्तै प्रकृतिका कमजोरी एवं लापरवाहीहरुको पुनरावृत्ति हुनु तथा व्यवसायिक कार्यसम्पादन स्तर कमजोर हुनुको जिम्मेवारी नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ र ६ बमोजिम निगमको वस्तुगत आधार, कारण र प्रमाणसहित यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र मन्त्रालयमा प्राप्त हुनेगरी स्पष्टीकरण पेश गर्नुहुन नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार अनुरोध छ ।’

अध्यक्ष अधिकारीलाई मन्त्रालयले सोधका ११ प्रश्न:

१.निगमका जहाजहरुको मर्मत तथा सि–चेकको कार्य नियमित एवं पूर्वानुमानयोग्य कार्य भएको हुँदा सी–चेकमा पठाउँदा सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्था र सेवा निरन्तरताको सुनिश्चिता हुनेगरी गर्नुपर्नेमा पर्याप्त समय अगाडी खरिद प्रक्रिया नसक्नुको कारण सि–चेकको समयावधि थप माग्ने तथा सेवा अवरुद्ध हुनेगरी एकैपटक दुवै वटै वाइडवडी जहाज सि–चेकका लागि पठाइको सम्बन्धमा

२.जहाजको प्राविधिक परीक्षण, पार्टपूर्जा खरिद भवन मर्मत कार्य गराउँदा स्वच्छ प्रतिस्पर्धा, पारदर्शीतातथा गुणस्तरीयताहुने गरी गर्नु÷गराउनुपर्ने हुन्छ । नेपाल वायुसेवा निगमका हरेकजसो मर्मत सम्भार तथा पार्टपूर्जा खरिदमा व्यापक उजुरी÷गुनासो आउने गरेका छन् । यसै सन्दर्भमा जहाजको सी–चेकको लागि छनौट गर्दा के कति कारणबाट समयमा नै कार्यसम्पन्न गर्न नसक्ने कम्पनीको छनोट गरिएको हो ? यसबाट निगमलाई पुग्न गएको अपुरणीय क्षतिको जिम्मेवारी तपाईंले किन वहन गर्नु नपर्ने हो ?

३. सि–चेक कार्यको लागि वायु सेवा निगमका प्राविधिक प्रतिनिधिहरु पठाउदा आवश्यक भिसा अवधि बाँकी रहेको यकिन गरेर पठाउनुपर्ने सामान्य विषय हो । ब्घघण्ढल्–ब्ीथ् जहाजको सी – चेकको लागि भिसा अवधि सकिन लागेका प्राविधिक टोली पठाउनु र निजहरुलाई बीचमै फिर्ता बोलाई पुनःअर्को टोली पठाउनु भन्दा संस्थागत स्मरण, कार्यप्रगतिको जानकारी एवम् लागतको दृष्टिकोणले समेत निजहरुकै भिसा नवीकरण गरी निरन्तरता दिनु उपयुक्त हुनेमा त्यसो नगरी लापरवाही पूर्वक निगमलाई अतिरिक्तवित्तीय दायित्व सिर्जना हुने गरी टोली पठाउनु पर्नुको कारण ।

४. नियमित सि–चेक गराउनुपर्ने अवस्थाको जहाजलाई थप उडान समयावधि माग गराउनुपर्ने अवस्थासम्म पु¥याईराष्ट्रिय ध्वजावाहक निगमको नियमित र सुरक्षित उडान प्रतिको विश्वसनीयतामा गम्भीर आँच पु¥याउनुको कारण ।

५. नेपालमा पर्यटक आवागमनको प्रमुख समय तथा नेपालीहरुको महत्वपूर्ण चाडपर्वको सम्मुखमा जहाजहरु पूर्ण क्षमतामा सञ्चालन हुने तथा व्यावसायिक मुनाफा समेत प्राप्त हुने हुँदा रणनीतिक योजना एवम् कार्यतालिका बनाई पूर्व तयारीका साथ कार्य गर्नुपर्नेमा सो नगरी जहाजहरु ग्राउन्ड गर्दा निगमलाई पुग्न गएको अपुरणीय वित्तीय घाटा एवं निगमको साँखमा पर्न गएको क्षतीको सम्बन्धमा ।

६. समयवद्ध उडान नगरे बापत निगमलाई विभिन्न समयमा विभिन्न देशमा जरिवाना समेत भएको विषयमा हालसम्म कति पटक कति जरिवाना भएको छ ? सोको विवरण र त्यसको कारण ।

७. गत वर्ष निगमको दुबई स्टेसनका कर्मचारीले बैंक खाता विवरणबारे सामान्य जाँचबुझसमेत नगरी ह्याकरबाट ई–मेलमार्फत आएको विवरणअनुसार रकम भुक्तानी गरिदिँदा निगमले ठूलो मात्रामा (करिव २ करोड) नोक्सानी व्यहोर्नुपरेको भन्ने विषयमा ।

८. निगमको चल–अचल सम्पत्तिको यकिन गरी संरक्षण गर्ने कार्यमा कुशल व्यवस्थापन गर्न नसक्नुको कारण ।

९. निगमलाई व्यवसायिक रुपमा सञ्चालन गरी नाफामा लैजानुपर्नेमा सो नगरी निगमले लिएको ऋणको साँवा व्याज समेत तिर्न नसकी हाल निगमको ऋण वि.सं. २०८० चैत्र मसान्त सम्ममाकरिब ५१ अर्व २६ करोड पुगेको र समयमै सावा व्याज भुक्तानी नहुँदा निगमलाई थप वित्तीय दायित्व सृजना हुनुमा तपाईको जिम्मेवारी सम्बन्धमा ।

१०. नेपाल वायुसेवा निगमले अस्ट्रेलियाको सिड्नीमा व्यावसायिक उडानको लागि ँयचभष्नल ब्इऋ समेत प्राप्त नगर्दै कर्मचारीहरु खटाई वित्तीय व्याय भार वृद्धि गरिनुमा तापाईको जिम्मेवारी सम्बन्धमा ।

११. ट्विनअटर जहाजहरु नियमित उडान सञ्चालनमा नल्याई निगमको आन्तरिक बजारहिस्सा अत्यन्त न्युन (०.३ प्रतिशत) बनाई निगमको साख गिराउनुको कारण ।