२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश अभिभावकबिहीन भयो: अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको बताउनु भयो । उहाँले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाउनु भयो ।

उहाँले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा सामान्य कुरा नभएको पनि बताउनु भयो । काँग्रेस—एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले राप्रपा अब पनि जस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले देश एक प्रकारले अभिभावक बिहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठूलो दलको रुपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरु स्वयं अस्थिरताको कारक छन् । आफूले पाएको मौकालाई आफ्नो व्यक्तिगत जीवन र आफ्नो पार्टीको जीवन र शासनलाई चिरस्थायी बनाउने मौकाको रुपमा उपयोग गर्न खोजिरहेका छन् । सामान्य कुरा होइन की, नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा भनेको सामान्य कुरा होइन ।’

‘काँग्रेस र कम्युनिष्टहरुल कस्तो कुराको आँट र परिकल्पना गरिरहेका छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि यो साढे तीन दशकको समयमा राजा ज्ञानेन्द्रको १८ महिनाको प्रत्यक्ष शासन बाहेक राजाले म आफैँ चलाउनुपर्‍यो भनेर तीन वर्षको म्याद मागेर चलाएकोमा त्यो १८ महिनामै दलहरुले आपत्ति जनाएपछि ल दलहरुले नै चलाउन् भनेर छोडिदिएको हो । त्यो १८ महिनाको समय बाहेक जे सुकै नाममा होस्, यही काँग्रेस, एमाले, माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । सत्ताको कुन प्रकारको दुरुपयोग भएको छ, हामी साँच्चि छौँ । राप्रपा जस्तो शक्ति बलियो बनेर नआउने हो भने र जनतालाई अभिभावकत्व प्रदान नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान्छ ।’

अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागेपनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताउनु भयो ।